१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रणवीरसँग पनि गम्भीर सम्बन्धमा थिइन् भनेपछि ट्रोल बनिन् दीपिका

बलिउड नायिका दीपिका पादुकोण यतिबेला सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन्।

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू  रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।

शो मा दीपिकाले रणवीरसँगको आफ्नो सम्बन्धको बारेमा केही भनेकी थिइन्। उनले सुरुमा आफू रणवीरसँग गम्भीर सम्बन्धमा नभएको बताएकी थिइन्।

दीपिका भन्छिन्, ‘म अविवाहित नै रहन चाहन्थें किनभने म दुईवटा कठिन सम्बन्धबाट बाहिर आएकी थिएँ । म कसैप्रति प्रतिबद्ध हुन चाहन्नथें । सुरुमा म रणवीरसँग पनि गम्भीर थिइनँ। तर जब उनले मलाई विवाहको प्रस्ताव राखे, म गम्भीर भएँ।’

दीपिकाले थप भनिन्, ‘यद्यपि हामी दुवै खुला सम्बन्धमा थियौं। त्यतिबेला अरुसँग पनि म भेट्थेँ तर मेरो दिमागमा रणवीर नै हुन्थ्यो। यति हुँदाहुँदै पनि हामी दुवै एकअर्काबाट टाढा रहन सकेनौँ।’

दीपिकाको यो कुरालाई लिएर उनी अहिले चर्को ट्रोल भइरहेकी छन्।

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ सुरु भएको छ। शोको आठौँ सिजनका पहिलो अतिथि बनेर रणवीर सिंह र दीपिका पादुकोण पुगेका थिए।

प्रकाशित: १२ कार्तिक २०८० ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App