coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ओड्डी ओड्डी आऊ सार्वजनिक (भिडियोसहित)

बाजुरा- सुदूर संगीतमा फरकपनको डेउडा गीत बजारमा आएको छ । अछामी बड्डो र डोटीकी छाेर्‌याट्टीको सफलतापछि खप्तड डिजिटल म्युजिकको प्रस्तुतिमा ‘ओड्डी ओड्डी आऊ’ म्युजिक भिडियो सार्वजनिक भएको हो । सुदूरपश्चिमका चर्चित लोकडेउडा गायक लालबहादुर धामी (अछामी बड्डा) को प्रस्तुति रहेको म्युजिक भिडियो बजार व्यवस्थापनको जिम्मेवारी पाएको म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमका चर्चित गीत सर्जक राजेन्द्र शाह ‘बिपी’को शब्द, संगीत रहेको गीतको एरेञ्जर विनोद बाजुरालीले गरेका हुन् । गीतमा लालबहादुर धामी र पुष्पा बोहरा, स्मृति शाहीको स्वर रहेको छ । म्युजिक भिडियोलाइ भीम थापाले निर्देशन गरेका हुन् भने गीतको भिडियो छायाङ्कन राजेश घिमिरेको रहेको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर वरिपरिका सुन्दर दृश्यलाइ उत्कृष्ट तवरबाट भिडियोमा कैद गरिएको छ । 

गीतको भिडियोमा दिलिप, रोशी, मनिष दिप, देव भण्डारी र गायक लालबहादुर धामीलगायत कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । बिपीकै शब्दमा दुई महिनाअघि मात्र डोटीको छो¥याट्टी नामक डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सुदूरपश्चिमको कला संस्कृतिलाइ जोगाइ राख्न विभिन्न समयमा सान्दर्भिक गीतहरु सिर्जना गर्ने गरेको गीताकार राजेन्द्र शाहले बताए । पछिल्लो समयमा डेउडा गीत लोप हुन लागेको र सकेसम्म सुदूरपश्चिमको लोक संस्कृति जोगाउनका लागि निरन्तर लागिरहने उनले बताए । 

 

प्रकाशित: २९ कार्तिक २०७४ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App