१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

'तीतो सत्य'लाई सात, दीपकलाई तीन


काठमाडौं, जेठ ४ (नागरिक)- 'टेली अवार्ड २०६७'को सबैभन्दा धेरै अवार्ड हास्यशृंखला 'तीतो सत्य'को पोल्टामा परेको छ। राजधानीमा सोमबार सम्पन्न अवार्ड समारोहमा यस शृंखलाबाट दीपकराज गिरीले कथा, संवाद र निर्देशनको अवार्ड पाएर अरू प्रतिपर्धीलाई उछिने। उनकै निर्देशनको शृंखला 'तीतो सत्य'ले उत्कृष्ट हास्य शृंखलाको अवार्ड जित्यो।

यसै शृंखलाबाट दीपाश्री निरौलाले अभिनेत्री, राज आचार्यले वालकलाकार र वसन्त रुपाखेतीले क्यामेराम्यानको अवार्ड पाए।


'जिरे खुर्सानी'बाट शिवहरि पौडेलले अभिनेताको अवार्ड पाए। सोही शृंखलाका अर्का पात्र जितु नेपालले भने पटकथाको अवार्ड पाए।


सामाजिक तथा चेतनामूलकतर्फ पारिजातको उपन्यासमाथि बनेको 'साल्गीको बलात्कृत आँसु' उत्कृष्ट भयो। यही सिरियलबाट बद्रि अधिकारीले निर्देशकको अवार्ड पाए। 'उद्‍घाटन'बाट रमेश बुढाथोकीले अभिनेताको अवार्ड हात पारे।

 

'पुष्पाञ्जली'बाट उषा पौडेलले अभिनेत्रीको अवार्ड हात पारिन्।

 

एसएमएस मार्फत छानिएको 'पब्लिक च्वाइस अवार्ड' कुञ्जना घिमिरे (सुन्तली) र रामकेशर बोगटीले हात पारे भने 'अम्बरेको पुकार' सबैभन्दा पपुलर सिरियल बन्यो।


टेलिभिजन कलाकर्मी मञ्चले आयोजना गरेको कार्यक्रममा कलाकार रुद्रराज पाण्डेलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' दिइएको थियो। चालिसको दशकको चर्चित सिरियल '१५ गते' र पचासको दशकमा चर्चित 'देवी'ले कालजयी सिरियलका विशेष सम्मान पाए।

 

कार्यक्रममा हास्यकलाकार सन्तोष पन्तलाई अभिनन्दनपत्र प्रदान गरिएको थियो। इन्डियन आइडल प्रशान्त तामाङलाई पनि विशेष सम्मान प्रदान गरियो। कार्यक्रममा उनले आफू हिरो भएको फिल्म 'गोर्खा पल्टन'को गीत सुनाएका थिए।

 

अञ्जु पन्त र प्रशान्त तामाङ।

कार्यक्रममा अञ्जु पन्त, मल्लिका कार्की, शिव परियार र हेमन्त शर्माले समेत गाए। हिरो दिलिप रायमाझी, हिरोइन अरुणिमा लम्साल र रञ्जना शर्माले नृत्य प्रस्तुत गरेका थिए। जितु नेपालको प्रहसनमा दर्शकले निकै मनोरञ्जन लिए। प्रतिस्पर्धामा पछिल्लो पाँच वर्षका शृंखला समावेश थिए। श्याममोहन श्रेष्ठ, नारायण रायमाझी, प्रदीप भट्टराई, ब्रजेश खनाल र दिनेश डिसी अवार्डका निर्णायक थिए।

 

तीतो सत्यका कलाकारहरु।

निशा अधिकारी

कृति भट्टराई

दीपकराज गिरी र दीपाश्री निरौला।

कसले जित्यो?

सामाजिक तथा चेतनामूलकतर्फ:
उत्कृष्ट शृंखला : साल्गीको बलात्कृत आँसु
निर्देशन : बद्रि अधिकारी (साल्गीको बलात्कृत आँसु)
अभिनेता : रमेश वुढाथोकी (उद्घाटन)
अभिनेत्री : उषा पौडेल (पुष्पाञ्जलि)
सहअभिनेता : सुरवीर पण्डित (अम्बरेको पुकार)
सहअभिनेत्री : कृति भट्टराई (गहना)
छायाँकार : सिद्धार्थ शाक्य, मोहन शाह (दलन)
सम्पादक : छिरिङरितार, अरुण, शिव (दलन)
वालकलाकार : स्वस्तिका वुढाथोकी (करुणा)
संवाद : आहुति (दलन)
पटकथा : साल्गीको बलात्कृत आँसु
कथा : साल्गीको बलात्कृत आँसु
मेकअप : रोशन लामा (करुणा)
लाइट : बाबु श्रेष्ठ, केशव भुजेल, राजन गर्तौला (दलन)

 

हास्यशृंखलातर्फ:
उत्कृष्ट शृंखला : तीतो सत्य
निर्देशक : दीपकराज गिरी (तीतो सत्य )
अभिनेता : शिवहरि पौडेल (जिरे खुर्सानी )
अभिनेत्री : दीपाश्री निरौला (तीतो सत्य )
सह अभिनेता : सुरवीर पण्डित
सह अभिनेत्री : निशा अधिकारी (घरभेटी बा)
छायाँकार : वसन्त रुपाखेती (तीतो सत्य)
सम्पादक : शिव पुरी (यहाँको चलन)
संवाद : दीपकराज गिरी (तीतो सत्य)
पटकथा : जितु नेपाल (जिरे खुर्सानी)
कथा : दीपकराज गिरी (तीतो सत्य)
बाल कलाकार : राज आचार्य (तीतो सत्य)

 

लोकदोहोरी म्युजिक भिडियो:
मोडल (महिला) : रञ्जु लामिछाने
मोडल (पुरुष) : सुरवीर पण्डित र शंकर बिसी
निर्देशक : मधुर बस्नेत
भिडियो : भरिया दाइले

 

आधुनिक तथा पप म्युजिक भिडियो:
मोडल (महिला) : एलिना गिरी
मोडल (पुरुष) : विनय श्रेष्ठ
निर्देशक : संगीता श्रेष्ठ
भिडियो : जहाँ भामर छ

 

प्रकाशित: ४ जेष्ठ २०६७ ००:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App