२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फेडोल साहित्य सम्मानबाट दश स्रष्टा सम्मानित

फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको छ। फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति डा.गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा स्रष्टाहरूलाई सम्मान गरिएको हाे।

फेडोल साहित्य प्रतिष्ठानले फेडोल उत्कृष्ट सिर्जना सम्मानबाट २०७६ को ‘मित्रताको आकाश’ कवितासंग्रहका लागि कवि मातृका पोखरेल, फेडोल उत्कृष्ट सिर्जना सम्मान २०७७ ‘नियात्रा विधाः परिचय’ का लागि नियात्राविद् जय छाङ्छा र फेडोल उत्कृष्ट सिर्जना सम्मान २०७८ ‘अब उप्रान्त’ कथासंग्रहका लागि कथाकार नवराज रिजाललाई सम्मान गरिएकाे थियाे।

त्यस्तै फेडोल उत्कृष्ट सिर्जना सम्मान २०७९ का लागि आख्यानतर्फ ‘रित्तो रथ’ कथासंग्रहका लागि कथाकार रत्न प्रजापति र ‘श्रीधरा’ महाकाव्यका लागि गणेश घिमिरे मार्मिकलाई सम्मान गरिएकाे थियाे।

त्यस्तै फेडोल उत्कृष्ट सम्मानबाट काव्य विधामा गणेश घिमिरे मार्मिक, फेडोल कला साधना सम्मान गणेश जीसी र फेडोल प्रोत्साहन सम्मानबाट नमोद राउत/ सपना केसीलाई पनि सम्मान्न गरिएकाे थियाे।

विश्वव्यापी महामारी कोभिडका रोकिएको फेडोल उत्कृष्ट सिर्जना सम्मान कार्यक्रम  राेकिएकाे थियाे।

प्रकाशित: ३१ भाद्र २०८० ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App