२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

राष्ट्रिय बालदिवसमा कविता प्रतियोगिता

बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ मध्यनेपाल नपा-३ सुर्यपाल,लमजुङमा अवस्थित श्रीराम बालोदय आधारभूत विद्यालयमा नेपाल जुनियर रेडक्रस सोसाइटी (नेजुरेस) रामबालोदय शिक्षक नायक रामकुमार श्रेष्ठको संयोजन र सञ्चालनमा बालकविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक मनमाया साखीको अध्यक्षतामा शिक्षक रामकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।

बालक्लव सहसंरक्षक शिक्षिका सपना नेपालीको स्वागत मन्तव्य र बालअधिकार र कर्तव्यमाथिको आफ्नो विचार, बालक्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाईको नेपालमा वर्तमान बालश्रमको अवस्थामा मन्तव्य, नेजुरेस शिक्षक सहनायक सीता थापाको स्वयंसेवामा बालसहभागिता विषयमा भनाइ नेजुरेस शिक्षक नायक रामकुमार श्रेष्ठको नेपालमा बालबालिकाको अवस्था र हाम्रो दायित्व विषयमा भनाइ र बालअधिकारसम्बन्धी मुक्तक, निप्रअ साखीको राष्ट्रिय बाल दिवसप्रतिको दृष्टिकोण, मूल्यांकन समिति संयोजक अर्चना अधिकारी पौडेलको बालबालिकाप्रति शिक्षक र अभिभावकको दायित्व विषयमा आफ्नो विचार प्रस्तुत गरिएको थियो।

बालकविता प्रतियोगिताको निर्णायक समिति संयोजकमा अर्चना अधिकारी पौडेल, सदस्यहरूमा अनिता शर्मा सेढाई र मनमाया साखी रहेका थिए।

सहभागी विद्यार्थीहरूमा अभिषेक न्यौपाने कक्षा ४, कृषा नेपाली कक्षा १, दिनेश नेपाली कक्षा ४,सक्षम दुलाल कक्षा ४,सुशील नेपाली कक्षा ७,सुविन गोतामे कक्षा ४,अस्मिता नेपाली कक्षा १,एलिना नेपाली कक्षा ५,पारस परियार कक्षा ७,जेनिशा रेग्मी कक्षा ५,रश्मि श्रेष्ठ कक्षा ६ र रोशन श्रेष्ठ कक्षा ४ रहेका थिए। जसमध्ये प्रथम एलिना नेपाली कक्षा ५,द्वित्तीय जेनिशा रेग्मी कक्षा ५,तृतीय सुशील नेपाली कक्षा ७ र सान्त्वना रश्मि श्रेष्ठ कक्षा ६ भएका थिए।

कार्यक्रममा बालदिवसको अवसरमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। यस क्रममा एलिना नेपाली कक्षा ५ नृत्य,अञ्जना नेपाली कक्षा ८ बालअधिकारसम्बन्धी लेख, अविना परियार ३ र कृषा नेपाली कक्षा १ ले नृत्य, सुशील नेपालीले गीत गायन र जेनिशा रेग्मी कक्षा ५ र एलिना नेपाली कक्षा ५ ले नृत्य समेत प्रस्तुत गरेका थिए।

बालदिवसको नारा नारामा मात्रै सीमित हुन नहुने बालबालिकाको हकहित अधिकारका लागि सरकार समेत मौन रहन नहुने स्वयम् सेवामा बालबालिका प्रेरित हुन सक्ने जस्ता विषयवस्तुलाई कविताका माध्यमबाट विद्यार्थीहरूले प्रस्तुत गरेका थिए।

यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिर्जनात्मकतामा थप हौसला प्रदान हुने विश्वास तथा सिर्जनात्मक कार्यक्रमहरूले निरन्तता पाउने कुरा कार्यक्रममा वक्ताहरूलेद्वारा विचार प्रस्तुत गरिएकाे थियाे।

प्रकाशित: ३० भाद्र २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App