२० असार २०८१ बिहीबार
image/svg+xml
कला

अनिशा चन्दलाई ‘ब्युटिसियन मिस तीज’ उपाधि

ब्युटिसियन मिस तीज– २०८० को उपाधि अनशा चन्दले प्राप्त गरेकी छन्। हरितालिका तीजका अवसरमा गुड न्यु आइटिसी समूहले नेपालगन्जमा आयोजना गरेको सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हात पारेकी हुन्। प्रतियोगितामा फस्ट रनर अपमा रक्षा सुनार, सेकेन्ड रनर अपमा वन्दना खड्का भएकी छन्।

प्रतियोगितामा १९ जना ब्युटिसियन सहभागी भएका थिए। यसमध्ये पब्लिक च्वाइस एवं उत्कृष्ट प्रस्तुतिका रूपमा अमृता रजगैयालाई चयन गरियो। न्यु लुक कम्पनी, न्यु पोखरा सुनचाँदी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो।

पत्रकारितामार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत पत्रकार शुक्रऋषि चौलागाई, करुणा शाह, सावित्री गिरी, शिक्षाविद् डा. जनार्दन आचार्य, प्लास्टिक सर्जन डा. विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो। सोही अवसरमा वरिष्ठ सौन्दर्यविद् राधा कुँवर, सोनिया श्रेष्ठ, उर्मिला अग्रवाललगायतलाई सम्मान गरिएको थियो।

यस्तै छोटो समयमा सौन्दर्यकला व्यवसायमा ख्याति कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यशोदा खत्री, शर्मिला खत्री, विश्वपति सिंह थारू, निर्मला मल्ल, सुशीला टमट्टा, रेखा नेपाली, रमा शाही, टीका भट्टराई, रेनुका गौतम, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समीक्षा सिलवाल, अनुराधा चौधरी, शशिकला चौधरी, सीता चौधरी, रेजिना रावल, लक्ष्मी चौधरी, सोनम केसी, सुमित्रा पाण्डे, उषा न्यौपाने, अप्सरा खरेललगायत ३० जना सौन्दयकर्मीलाई पनि सम्मान गरिएको थियो।

प्रदेश सांसद मिना श्रेष्ठले सम्मानपत्र प्रदान गर्दै कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरतातर्फ डोर्याएको बताइन्। प्रतियोगितामा सहभागी ब्युटिसियनले क्याट्वाक गर्नुका साथै तीजको पोसाकमा नृत्य प्रस्तुत गरेका थिए। आयोजक गुड न्यु आइटिसी सञ्चालक गीता भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ सौन्दर्यविद् सीता पाठक, गायक जय देवकोटा, शैलजा शाह, केपी घिमिरे, शृंखला बस्नेत निर्णायक थिए।

प्रकाशित: २७ भाद्र २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App