४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

जोडिएको घरआँगन तर फाटेको दिल छ शहरमा

मुक्तक

(१) मुक्तक

वीर गोर्खाली नामले संसारमा चिन्ने हामी,

सगरमाथा जस्तै शीर ठाडो पारी हिंड्ने हामी।

इतिहास इतिहासमै सीमित हुन के बेर छ र?

राष्ट्रियता बेचीबेची राहदानी किन्ने हामी।

(२) मुक्तक

सक्नेलाई मैदान नसक्नेलाई डिलैडिल छ शहरमा,

जोडिएको घरआँगन तर फाटेको दिल छ शहरमा।

सारा सम्बन्धहरू स्वार्थको भुमरीमा मडारिरहन्छन्,

कसैलाई ऐसआराम कसैलाई मुस्किल छ शहरमा।

(३) मुक्तक

अनुहार हेरेर मति थाहा हुन्न,

उचाइँ नापेर गति थाहा हुन्न।

जान्ने छु भनी घमण्ड के गर्छौं?

आफ्नै गल्ती त कति थाहा हुन्न।

(४) मुक्तक

सुनियो, छिमेकीको ध्यान जूनतिर छ भनेर,

थाहा भो, घरकाको मन सुनतिर छ भनेर।

छैन उत्तर दिने शब्द कुनै, के दिऊँ तिमीलाई,

त्यसैले, नसोध प्रश्न को कुनतिर भनेर।

प्रकाशित: २० भाद्र २०८० ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App