१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'लिला'को फर्ष्टलुक र ट्रेलर

काठमाडौं- आगामी भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लिला'को ट्रेलर  सार्वजनिक भएको छ। फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर  बाहिर ल्याएको हो।

फिल्मका निर्देशक रमेश  कोइरालाले फिल्म सस्पेन्स थ्रिलर प्रेमकथामा आधारित रहेको बताए। 'फिल्म कस्तो बनाएँ भन्ने दर्शकले मूल्याङ्कन गर्नुहुन्छ। तर फिल्म हेरेपछि उहाँहरूले छ्या चाहिँ पक्कै भन्नुहुन्न,' उनले भने।

फिल्मका कार्यकारी निर्माता सिपी पौडेलले आफ्नो अघिल्लो फिल्म 'सिलसिला' जस्तै फिल्म 'लिला'ले पनि व्यावसायिक सफलता पाउने दाबी गरे। 'सिलसिलाको गीत चले जस्तै लिलाको गीतहरु पनि दर्शकले रुचाइदिनुभएको छ। यसकारण पनि फिल्म हेर्न दर्शक हलसम्म आउनुहुनेछ।' उनले भने।

प्रस्तुतकर्ता कृष्णप्रसाद दंगालले राम्रो फिल्म हेर्ने दर्शकको चाहना बुझेर फिल्म बनाएको बताए। 'दर्शकहरुको चासो प्रेमकथाका फिल्ममा हुन्छन् भन्ने पछिल्लो समयमा चलेका केही फिल्मले प्रष्ट पारेको छ। त्यसकारण पनि हामीले त्यही फ्लेबरलाई फिल्ममा समातेका छौं ' दंगालले भने।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले फिल्म हचुवाको भरमा प्रदर्शनमा नल्याउन सुझाव दिए। 'फिल्मको प्रदर्शन राम्रो गर्न नसकिए लगानी सुरक्षित हुने अवस्था छैन। त्यसकारण यो विषयमा पनि निर्माता निर्देशकले ध्यान दिन आवश्यक छ ' प्रदीपले भने।

कार्यक्रममा फिल्मका नायक राज कटुवाल उपस्थित भए पनि मुख्य नायिकाहरु मलिना जोशी र सञ्चिता लुइँटेल देखिएनन्। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइँटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली 'भोक लाग्यो', पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बाल कलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ।

प्रकाशित: ८ भाद्र २०७४ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App