२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कवि रामचन्द्र न्यौपानेका दुई कृति लोकार्पण

सिसार साहित्य परिवारले कवि रामचन्द्र न्यौपाने ‘वनवासी’ का महाकाव्य ‘ज्ञानक्रान्ति’ र खण्डकाव्य ‘भक्तिसागर’ लोकार्पण गरेको छ।

महात्मा दीपकजीको प्रमुख आतिथ्य र सिसार साहित्य परिवारका अध्यक्ष तथा पुस्तकका सम्पादक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महात्मा दीपकजी, सभाध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकाली लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

कार्यक्रममा प्राडा भागवत ढकाल, सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले लोकापिर्त कृतिको समीक्षात्मक टिप्पणाी गरेका थिए।

कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले कविता वाचन गरेका थिए।

उक्त कार्यक्रममा कवि विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, पत्रकार राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवाली लगायतले कविलाई शुभकामना दिएका थिए।

प्रमुख अतिथि  महात्मा दीपकजीले तत्त्व ज्ञान प्राप्तिका लागि काव्यहरू सहयोगी भएको बताए।

कवि राधिका पन्तले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सम्पादक ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे आफ्नो धारणा राखेका थिए।  

प्रकाशित: १० भाद्र २०८० ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App