२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

साहित्यकार तुल्सी थापाको निधन

वाग्मती मकवानपुरका शिक्षासेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ। ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले बताए।

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचाप लगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए।

दाना कवितासंग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमरसिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गरेका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआत समेत गरेका थिए।

गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेको थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष समेत थिए। स्व. थापाको बेलायतमा रहेकी छोरी आज साँझ आएपछि दाहसंस्कार गरिनेछ।  

प्रकाशित: ८ भाद्र २०८० ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App