२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ। थाइल्यान्डबाट साहित्य, संस्कृति एवं कला सम्बद्ध टोली हालै इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो डान्स युनिभर्स तथा मेरो भ्वाइस युनिभर्स कार्यक्रममा सहभागी हुन आएका थिए।

थाइ नेपाली संघका अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की लगायत अन्य पदाधिकारीहरू समबोट राई, दीपक पराजुली, राज कर्माचार्य, गणेश कार्की, भीम प्रसाद पाण्डे सहभागी थिए।

त्यसैगरी श्रीमती अमरा राई, चन्द्र लामिछाने, सोम भुषाल आदिको पनि सहभागिता रहेको थियो।

साहित्यकार युवराज नयाँघरेले आफ्नो नवीनतम कृति तनक्खा संघका सबै पदाधिकारीलाई अर्पण गर्दै यो कृति तयार गर्नुपर्ने आवश्यकता र महत्वमाथि चर्चा गरेका थिए।

तनक्खामार्फत् म्यान्मारमा रहेका नेपाली समुदायको भाषा, साहित्य, संस्कृति, जीवनशैली र इतिहास लिपिबद्ध गरेको नयाँघरेले चर्चा गरेका थिए।

समारोहमा संघका संरक्षक कुमार कार्की, मेरो डान्स युनिभर्सबाट उत्कृष्ट पुरस्कृत खुसी कार्की, स्वालम्बन परिवारका शंकर घिमिरे लगायतले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्बर्द्धनमा थाई-म्यान्मार समाजले खेलेको भूमिकाबारे चर्चा गरेका थिए।

समारोहमा परियोजनाका तर्फबाट शैक्षिक अभियन्ता नन्दलाल भण्डारी, इन्जिनियर कविन्द्र मानन्धर लगायतले लुमा शैक्षिक सामग्री निर्माण, यसको प्रयोग र सामग्रीको सहजीकरणबारे चर्चा गरेका थिए।

पुस्तक बिनै एक विद्युतीय लुमामार्फत् सामाग्री विद्यार्थीहरूले सहजै धेरै विषय पढ्न, सिक्न र ज्ञान हासिल गर्न सक्छन्।

थाई नेपाली संघका पदाधिकारीले नेपाली साहित्य, संस्कृति र शिक्षाबारे नयाँ जानकारी, सूचना र जानकारी पाउँदा आफूहरू प्रसन्न भएको बताएका थिए। सहभागी सबैले आफ्नो पहिचान र मौलिकता जोगाउन यस्ता भेटघाट र सम्बन्धले महत्त्वपूर्ण कार्य गर्ने विचार पोखेका थिए।

प्रकाशित: ६ भाद्र २०८० ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App