१९ असार २०८१ बुधबार
image/svg+xml
कला

एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ प्रतियोगी छनोट

एसियन पेन्ट्सले एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट गरेको छ।

आज शुक्रवार काठमाडौंमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिष्पर्धीहरुको नाम सार्वजनिक गरेको हो।उनीहरूलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको थियो। प्रतियोगिताका लागि एसियन पेन्ट्स नेपाल मुख्य प्रायोजकका रुपमा रहेको छ । आयोजकका रुपमा उमङ्ग कृएशन रहेको छ। 

प्रतिस्पर्धीले रेड कार्पेटबाट सञ्चारकर्मीहरूसँग आफ्नो परिचय र बौद्धिकता प्रस्तुत गरेका थिए ।आगामी सेप्टेम्बर ९ मा गोदावरीमा प्रतियोगिताको फिनाले हुने आयोजकले बताएको छ। यो प्रतियोगिताले सुन्दरी तथा फेसन उद्योगको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।  

 

प्रकाशित: १ भाद्र २०८० १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App