१७ असार २०८१ सोमबार
image/svg+xml
कला

सारुकको सुसाइड नोट: 'गल्ती मेरै हो,अरुलाई दोष नदिनु'

कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो।

प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। 

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीका अनुसार सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उनले उल्लेख गरेका छन्।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनकाे  नोटमा भेटिएकाे छ, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेष्ट इन पिस, धन्यवाद।’

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।

असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।

प्रकाशित: १४ श्रावण २०८० ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App