२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

किरात समुदायले सिसेक्पा तङ्नाम मनाउँदै

संस्कृति

किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन्। साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ।

ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामा झुन्ड्याउने परम्परा छ। किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङहरू) संकलन गरी ल्याउने गर्दछ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोका वरिपरि टाँगेर झुन्ड्याउने चलन छ। सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको किरात याक्थुङ चुम्लुङ शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले बताइन्।

मेन्याङबोका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठोमसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि र वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन्। थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्। प्रत्येक घरका हिंडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरका सबै ठाउँ र घर वरिपरि समेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्त्व घरबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘संक्रान्ति जाऊ, मंक्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःखपीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन्।

यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-सांस्कृतिक विकृति-विसंगति र सिंगो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्दभाव पनि प्रकट गर्दै संक्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके। यसकारण अब हामी कम्तीमा छ महिना माघे संक्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाउने गरेको किरात धर्मका जानकारको भनाइ छ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजाति पूर्वका किरात लिम्बू, राई, तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने संक्रान्ति पर्वलाई सिसेक्पा तङनामको रूपमा मनाउँदै आएको किरात साहित्य उथान संघका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताए।

किरातीले सिसेक्पा तङनाम (साउने संक्रान्ति) र कक्फेक्वा तङनाम (माघे संक्रान्ति) लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताए।

उनले भने, ‘सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ भनी मनाउने गरेको छ भने माघे संक्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ भनी मनाउने गर्दछन्।’

कक्पेक्वा तङनाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङनाम लौ बाँचियो भनेर मनाउने गरेको फुरुम्बोले बताए।

प्रकाशित: १ श्रावण २०८० ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App