२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

विलोमकाे तेस्राे शृंखला मधिकर्मीसँग

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को तेस्रो शृंखला ध्रुव मधिकर्मीसँग सम्पन्न भएको छ।

‘विलोम’को उद्देश्य अनुरूप तेस्रो भेटघाट आख्यान विधाअन्तर्गत मूलतः कथाकारको पहिचान बनाएको,तीसको दशकमै कविता र समालोचनामा स्थापित स्रष्टा मधिकर्मीसँग भएको हो।

तेस्रो शृंखलामा मधिकर्मीसँग नेपाली लघुकथाको इतिहास, लघुकथा के हो र कस्तो हुनुपर्छ, वर्तमानमा लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता, लघुकथाको भविष्य र उनको लघुकथा लेखनबारे विस्तृत कुरा भएको थियो।

स्रष्टा विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले प्रारम्भ गरेको ‘विलोम’ काे पहिलो शृंखला २०७९ फागुन ३ गते सम्पन्न भएकाे थियो। 

प्रकाशित: १ श्रावण २०८० ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App