२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

दक्षिणकाली नगरपालिकामा चार कृति लोकार्पण

दक्षिणकाली नगरपालिका वडा नं. ४, बाँसबारी, हाम्रो लघुकथा केन्द्र र सुसेली साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको उपलक्ष्यमा चार कृतिको लोकार्पण गरेको छ।

सुसेली साहित्य प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षता तथा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा दक्षिणकाली नगरपालिका नं. ४ का कृष्णकुमार श्रेष्ठको गजलसंग्रह सहरभित्र, हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीको लघुकथासंग्रह सफलता र डा. शेखरकुमार श्रेष्ठका दुई बालकवितासंग्रह रोपाइँ र रमाइलो पहाडको लोकार्पण भएको थियो।

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ डंगाेल, वडा नं. ४ का वडाध्यक्ष पुष्कर खड्का, प्रा. विश्वराज अधिकारी, खेमराज पोखरेल, शेखर अर्याल, शशि शर्मा अर्याल, निरोज श्रेष्ठ, मनीषकुमार शर्मा ‘समित’, विवेक शर्मा गौतम, जनार्दन रिजाल लगायतले कृतिको लोकर्पण गरेका थिए।

सुसेली साहित्यिक प्रतिष्ठानकी सदस्य अप्सरा भुर्तेलले संचालन गरेकाे कार्यक्रममा सविता केसीले स्वागत मन्तव्य दिएकी थिइन्। त्यस्तै शुभ शर्मा र सत्या अधिकारीले शुभकामना मन्तव्य दिएकी थिइन्।

कार्यक्रममा श्यामकाजी बस्नेत, रमेश सुवेदी, दीपक लामिछाने, किरण नेपाली, प्रनिशा थापा, मिना साह, तुषार अधिकारीले कविता र बिरेन मालाकार, निर्मला बराल आदिले लघुकथा वाचन गरेका थिए।

प्रमुख अतिथि नगर प्रमुख मोहन बस्नेत र उपप्रमुख वसन्ती तामाङ डंगाेलले सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्रसँग मिलेर नगरपालिकाले अझै काम गर्दै जाने प्रतिबद्धता जनाए।

मन्तव्यकाे क्रममा विश्वराज अधिकारीले किताब किनेर पढ्नुपर्ने बताएका थिए। त्यस्तै खेमराज पोखरेलले नगर र प्रतिष्ठानको सहकार्यमा यस क्षेत्रको साहित्यिक भविष्य उज्ज्वल हुने कुरा बताएका थिए।

कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानका सम्पूर्ण सदस्य, हाम्रो लघुकथा केन्द्रका सम्पूर्ण सदस्य, दक्षिणकाली नगरपालिका वडा नं ४ का कर्मचारीहरू, स्थानीय व्यक्तिहरू लगायत केदारनाथ आचार्य, मन्दिरा चापागाईं, निर्मला बराल, सत्या अधिकारी, सरिता बलामी, रमेश बलामी, सुशान्त केसी, रामराजा केसी, रामकुमार बस्नेत, रजनी खत्री, सरोज बलामी, शशिराज अर्याल, रामचन्द्र केसी, किरण नेपाली, केशव श्रेष्ठ, तारामाया श्रेष्ठ, मदनकुमार पोखरेल, वन्दना घिमिरे, द्रोणप्रसाद घिमिरे, श्यामबहादुर केसी आदिको उपस्थिति रहेकाे थियो।

लोकार्पित कृतिमध्ये कृष्णकुमार श्रेष्ठको पहिलो, लता केसीको तेस्रो र श्रेष्ठका एघारौं/ बाह्राैं कृति रहेकाे छ। 

प्रकाशित: ३१ असार २०८० ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App