१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय

सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामुदायिक वनमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने निर्णय गरेको बताएकी हुन्।

बैठकले अत्याधुनिक चलचित्र छायाङ्कन, स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ।

प्रकाशित: २८ असार २०८० १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App