जितेन्द्र रसिकको बालकथाकृति ‘बेलबहादुरसँग बिहे’ दोस्रो संस्करण बजारमा आएको छ। एजुकेसन पव्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएको यो कृति विद्यार्थी र बालबालिका बिचमा लोकप्रिय छ। माग बढेकाले दोस्रो संस्करण बजारमा ल्याइएको प्रकाशक अञ्जन श्रेष्ठले बताए।
दोस्रो संस्करणमा आवरण कलेवर परिवर्तन गरिएको छ भने भित्री साजसज्जा पनि आकर्षक रूपमा डिजाइन गरिएको श्रेष्ठको भनाइ छ।
जितेन्द्र रसिकको बालकथाकृति ‘बेलबहादुरसँग बिहे’ दोस्रो संस्करण बजारमा आएको छ।
संस्कृति र संस्कारहरू अमूर्त हुने, अमूर्तभित्र खोज्न सके त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरू रहने गरेको र ‘बेलबहादुरको बिहे’ बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बालकथा कृति भएको लेखक रसिकले बताए।
संसारका कुनै पनि मुलुकमा नियम-कानुन नबन्दै संस्कृति र संस्कारका रूपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको कथन छ।
संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुरा लुकिरहेका हुन्छन्। नेवाः सभ्यता र संस्कृति अनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हो। युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै परापूर्व कालमा नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह भएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई उदृत गर्दै लेखक रसिकले बताए।
संसारका कुनै पनि मुलुकमा नियमकानुन नबन्दै संस्कृति र संस्कारका रूपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको कथन छ।
बेलविवाह अर्थात ‘इही’ को प्रचलन अहिले पनि छ। सोही सन्दर्भ जोडिएको कथा ‘बेलबहादुरसँग बिहे’ कथामा नेवार समुदायका स्त्रीहरू कहिल्यै विधवा नहुने मान्यता र बेलविवाहलाई नारी सुरक्षाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
नेवाः समुदायमा बेलसँग विहे गरेपछि पतिको दिवंगतपछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्न सक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ। विवाहपछि स्त्रीले मन मिले श्रीमानसँग जीवनभर सँगै जिउन सक्दछन्। मन नमिले वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको संस्कृतिविद्हरूको भनाइ छ।
बेलविवाह अर्थात ‘इही’ को प्रचलन अहिले पनि छ। सोही सन्दर्भ जोडिएको कथा ‘बेलबहादुरसँग बिहे’ कथामा नेवार समुदायका स्त्रीहरू कहिल्यै विधवा नहुने मान्यता र बेलविवाहलाई नारी सुरक्षाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
कृति रोमाञ्चक र ज्ञानवर्द्धक रहेको प्रकाशकले जनाएको छ। कथाकृतिका चित्रकार कृतिशेष एक्कारामसिं हुन्। कृतिको लेआउट डिजाइन शितल सुकुभटुको रहेको छ। कृतिको मूल्य १९५/- रूपैयाँ रहेको छ।
प्रकाशित: २२ असार २०८० ०५:५१ शुक्रबार