२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आदिकवि भानुभक्तको तीन दिन जन्मजयन्ती मनाइने

फाइल तस्वीर

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शंकर रानाभाटले बताए।

उनका अनुसार नेपाली साहित्यको  प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ। मा पठाउन सकिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ। जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए।

छायांकन हुँदै आदिकवि सम्बन्धी गीत

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि

साहित्यका शिखरको चहकिलो रातो छवि

रामायण लेखे उनले, अकविता मेटे उनले

साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले

तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा

भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यबारे ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेखेको र गाएका हुन्। भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्न गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन्।

बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवर्द्धनमा जोड दिनसके उनी सदैव जीवन्त रहने उनको बुझाइ छ। उनले मायापिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरूको उमेरसुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरूमा सकारात्मकता विकास हुनेको उनको भनाइ छ।

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यबारे ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेखेको र गाएका हुन्। भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्न गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन्।

उक्त गीत २१०औं भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले बताए।

‘बालबालिकालाई बालगीतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायांकन गरिएको छ, बालबालिकाको आफ्नै उमेरसुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायांकन गरिएको हो’, उनले भने।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको भनाइ छ। भानुभक्तकै जन्मस्थलमा छायांकन गरिएको उक्त गीत यही असार २९ गते २१०औं भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ।  

प्रकाशित: २२ असार २०८० ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App