५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

रोड्स टु द भ्याली’ सार्वजनिक

लेखक किरण दीप सन्धुद्वारा लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली, द लेगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल’ सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ। दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकका लेखक सन्धु सरदार प्रीतम सिंहकी छोरी हुन्।  

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘सरदार प्रीतम सिंहलाई नेपालमा यातायातको अग्रगामी मानिनुका साथै नेपालका लागि उनको योगदान यातायात र पूर्वाधारमा मात्र सीमित छैन। उनी एक परोपकारी पनि हुन्। शिक्षा, सामाजिक सेवा, अध्यात्म, संकट व्यवस्थापन र नेपालमा जनतालाई सशक्तीकरण गर्ने उनको प्रतिबद्धता, अथक प्रयास र योगदान नेपालको इतिहासमा अमिट रहने छ।’  

सन् १९५८ मा नेपाल र भारतबीच सीमित सडक रहेको र नयाँ अवसरको खोजीमा सरदार प्रीतम सिंह नेपाल आएको कुरा पुस्तकमा प्रस्तुत छ। राजा महेन्द्र र नेपाल सरकारको स्वीकृतिमा सरदार प्रीतम सिंहले सन् १९५९ मा नेपाल पब्लिक मोटर सर्भिसको स्थापना गरेका थिए। यो नेपालको पहिलो व्यावसायिक यातायात कम्पनी थियो।

सन् १९७६ देखि सरदार प्रीतम सिंहले गुरु नानक सत्संग, कुपन्डोल, काठमाडौंका अध्यक्षका रूपमा सेवा गर्दै आएका छन्। कार्यक्रममा पुस्तकका लेखक सन्धुले बुबाको देशप्रतिको माया पुस्तकमा प्रस्तुत गर्दा खुसी लागेको अनुभूति सुनाइन्। ‘यो कथा मेरो बुबा र मेरो देश नेपालप्रतिको मायाको परिश्रम हो। कसरी यातायातले नेपालको परिदृश्य परिवर्तन गरेको छ, मानिसलाई जोडेको छ र राष्ट्रहरूबीच पुल निर्माण गरेको छ भन्ने सन्दर्भ पुस्तकमा आएको छ,’ लेखक सन्धुले भनिन्।

प्रकाशित: १९ असार २०८० ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App