२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भण्डारीको बहत्तरौं जन्मजयन्तीमा सप्ताहव्यापी उत्सव

जननेता मदन भण्डारीको बहत्तरौं जन्मजयन्तीका अवसरमा  सप्ताहव्यापी कार्यक्रम गरिएकाे छ। 

कार्यक्रमकाे पहिलो दिन असार १४ गते राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीले उद्घाटन गरेका छन्।

दोस्रो दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा महासंघका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा ‘जननेता मदन भण्डारीको व्यक्तित्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दहीचिउरा खाने कार्यक्रम’ भएको थियो।

कार्यक्रमको तेस्रो दिन राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको घटक संगठन राष्ट्रिय सामाजिक सांस्कृतिक अध्ययन संघको आयोजनामा ‘धार्मिक सांस्कृतिक सम्पदाप्रति जबजको दृष्टिकोण’ शीर्षकको कार्यपत्र प्रस्तुत गरियो।

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा घनेन्द्र बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए।

महासंघका केन्द्रीय उपाध्यक्ष आरसी न्यौपानेको विशेष आतिथ्य र नमुना शर्मा, सुशीला प्रधानाङ्ग, डा. हरि सिलवाल, लोकमणि पौडेल, राममणि ढुंगेल, सूर्यशरण रेग्मी, योगेश लामा, अमृत खाती लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य अच्युत घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि डा. रमेश शुभेच्छुले टिप्पणी गरेका थिए भने लोकमणि पौडेलले अयोध्या माडीमा परेको कुरालाई प्रमाणिक रूपमा मार्क्सवादी सौन्दर्यशास्त्रका दृष्टिले आफ्नो अवधारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशेष अतिथि आरसि न्यौपानेले नेपालका धार्मिक र सांस्कृतिक सम्पदाहरूलाई जबजका आधारमा व्याख्या विश्लेषण गरेका थिए। महासंघका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक रूपमा नेपालीहरू विश्वमै धनी भएको र हामी नेपालीले हाम्रा सांस्कृतिक सम्पदाहरूलाई माक्र्सवादी कोणबाट अध्ययनअनुसन्धान गर्दै अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित: १७ असार २०८० ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App