१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चलचित्रको गुणस्तर बढाउन जरुरी: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छिन्।

शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताइन्। संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको उनको भनाइ थियो।

उनले स्वदेशी चलचित्र प्रवद्र्धनमा जोड दिनुपर्ने बताइन्। चलचित्रमा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन आवश्यक रहेको जिकिर गरिन्।

मन्त्री शर्माले सरकारले मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिपरेको बताइन्।

प्रकाशित: १६ असार २०८० १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App