२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँः मदनकृष्ण श्रेष्ठ

फाइल तस्बिर

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रुपमा विकास हुनुपर्ने बताएका छन्।

शुक्रवार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा बोल्दै  श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रुपमा विकास हुनुपर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रुपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने बताए।

आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए।

अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि बैरागी नेपाललाई सम्मान गरेका छन्।  

प्रकाशित: १५ असार २०८० ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App