२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

युवराज मैनालीको ‘दृष्टिः दृष्टिकोण’लोकार्पण

मुक्तिनाथ दर्शन साहित्य समाजले समालोचक युवराज मैनालीको ‘दृष्टिः दृष्टिकोण’ समालोचनासंग्रहको लोकार्पण गरेको छ।

मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देलको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काइलाको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष हरिभक्त सिग्देल, प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइला, प्रा. दिनेशराज पन्त, प्राडा कुलप्रसाद कोइराला, प्राडा खगेन्द्रप्रसाद लुइटेल, प्राडा लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली र साहित्यकार राधेश्याम लेकालीलेले कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रममा समालोचक प्राडा लेखप्रसाद निरौलाले लोकार्पित कृतिको टिप्पणी गर्दै कृति संग्रहनीय रहेको बताए।

साहित्यकार श्रीबाबु कार्कीले संचालन गरेको कार्यक्रममा डा. अर्जुनदेव भट्टले स्वागत मन्तव्य र विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गरेका थिए।

साहित्यकारहरू रामप्रसाद पन्त, प्रह्लाद पोखरेल, शम्भुप्रसाद मैनाली, दिनेशराज पन्त, कुलप्रसाद कोइराला, प्राडा खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित: ३ असार २०८० ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App