२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखाबाट फुलपातीसहितको डोली हनुमानढोकाका लागि हिड्यो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली काठमाडौं ल्याइँदैछ। आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए। बाजागाजासहितको र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइएको हो। फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा ल्याएपछि बिहिबार साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने चलन  छ। गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए।  रासस

प्रकाशित: २४ आश्विन २०८१ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App