१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

आमाको आँसु

अनुभूति

मैले आजसम्म मेरी आमाले आँसु झारेको देखेको छैन। मेरी आमाका कति पीडा देखें, मैले कति चोट देखें, कति यातना देखें तर मैले आमाका आँखाबाट आँसु बगेको कहिल्यै देखिनँ। पीडाको एउटा ब्रह्माण्ड नै हुँदा पनि उनले ऐयासम्म कहिल्यै भनेको सुनिनँ।

मलाई पटक पटक ठेस लाग्छ, पीडा हुन्छ। म आँसु झार्छु। म धेरैपटक रोएको छु। साना चोटमा पनि ठुलो पहाड ममाथि झरेजस्तो लाग्छ। आमामा सहनशीलता मभन्दा धेरै उच्च थियो।

अहिले सोच्छु, आमा रोएर बसेको भए हामी सन्तानको भविष्य के हुन्थ्यो ? उनले आफ्नो दुःख मात्र सुनाएर बहुलाउँदै हिँडेको भए के हुन्थ्यो? साँच्चै भन्ने हो भने हाम्रै स्याहार गर्दागर्दै आमालाई आँसु बगाउने फुसद नै भएन।

मैले हजुरआमाले रातो र रङ्गीन कपडा लगाएको कहिल्यै देखिनँ। जहिले पनि उही फुस्रो कपडा र रङ उडेको अनुहारमा देखिनुहुन्थ्यो। जीवनको अन्तिम समयसम्म शाहाकारी खाना नै खानुभयो। लोग्ने मरेकाले माछामासु खानु हुँदैन भन्ने परम्परा थियो।

आमाहरूको इतिहास, संघर्षको कथा, जिन्दगीको गीत लामो छ, मार्मिक छ। हजुरआमा भन्नुहुन्थ्यो– म १३ वर्षको उमेरमा विधवा भएकी थिएँ। साना चिचिला चार सन्तान थिए। तेरा हजुरबुबा बितेपछि मैले धेरै दुःख भोग्नुपर्‍यो। सन्तानका लागि बालमन्दिरमा काम गरें। जीवनमा मैले कुनै रङ्गीन सपना देखिनँ। सन्तान र घर नै पहिलो प्राथमिकता बन्यो, जिम्मेवारी नै प्राथमिकतामा रह्यो। आँसु लुकाएर आफ्नो यात्रामा लागें।

मैले हजुरआमाले रातो र रङ्गीन कपडा लगाएको कहिल्यै देखिनँ। जहिले पनि उही फुस्रो कपडा र रङ उडेको अनुहारमा देखिनुहुन्थ्यो। जीवनको अन्तिम समयसम्म शाहाकारी खाना खाएर नै बिताउनुभयो। लोग्ने मरेकाले माछामासु खानु हुँदैन भन्ने परम्परा थियो।

समाजको कठोर परम्परा र संस्कारमा रुमलिँदा ६६ वर्षको उमेरमा उहाँले संसार छोडेर जानुभयो। उही बेरङकै राम नाम लेखेको कपडा ओढाएर नै लगियो आर्यघाट। मेरी ठुली हजुरआमा पनि बाल विधवा हुनुहुन्थ्यो। असी वर्षको उमेरमा उहाँले पनि संसार छोड्नुभयो। उहाँ पनि सादा जीवन जिएर जानुभयो।

महिला साक्षात्कारको कुरा गरिरहँदा उनीहरूले यो अधिकार पाए कि पाएनन्, थाहा पाउन गाह्रो छ। घरबाहिर निस्केर न आवाज उठ्यो, न त आन्दोलन नै भयो। आमाहरूले हाँसी हाँसी जीवन बाँच्ने आधार रोजे, आफ्ना सन्ततिलाई बलियो बनाउने होडमा लागे। कहिल्यै जीवनप्रति गुनासो गरेनन्। उनीहरू बरु ऐनाअगाडि रोए तर समाजका अगाडि रोएनन्।

आँसु एउटा यस्तो अस्त्र हो, जुन सुख र दुःख दुवै क्षणमा बग्ने गर्छ। नहुने काम पनि मान्छेले रोएर प्राप्त गर्न सक्छन्। यो आँसुको आफ्नै कथा छ। आँसु दबाउन सक्ने क्षमता सबैको वशमा हुँदैन।

एकजना काकीले पनि भन्नुहुुन्थ्यो, ‘मेरो विवाह भएको दुई वर्षमा नै श्रीमान् बित्नुुभयो। उमेर नै नपुगीकन म विधवा भएँ। सानी नानीको अनुहार हेरेर बसिरहेको छु। आज ११ वर्ष भइसक्यो। घरमा सासू भन्नुहुन्छ-घर धानेर बसेस्। माइतीले भन्छन्–आफ्नो इज्जत नफालेस्, मानौं उनी पिँजडाकी बबुरो चरी हुन्। मलाई भने छोरीको मायाले तान्यो। न विवाह गर्ने रहर लाग्यो न बाध्यता नै थियो। आफ्नो जिन्दगी छोरीमै देखें।’

आँसु एउटा यस्तो अस्त्र हो, जुन सुख र दुःख दुवै क्षणमा बग्ने गर्छ। नहुने काम पनि मान्छेले रोएर प्राप्त गर्न सक्छन्। यो आँसुको आफ्नै कथा छ। आँसु दबाउन सक्ने क्षमता सबैको वशमा हूँदैन।

हुन त आज एकल महिला या एकल पुरुषले बाजा बजाएर विवाह गर्ने चलन बढिरहेको छ। समाज परिवर्तन हुँदै छ।

सन्तानका लागि मात्र सोच्ने, सन्तानकै लागि आँसु लुकाएर बाँच्ने एकल आमाहरू धेरै छन्। यस्ता आमा समाजका उदाहरणीय पात्र हुन। धेरै आमा सीता बने तर हामी सन्तान श्रवणकुमार बन्न सकेनौं। त्यसैले त आमालाई सहनशीला धर्ती भनिन्छ।

मैले धेरै आमाहरू सन्तानका लागि बलिया भएर उभिएका देखेको छु। सन्तानको सुरक्षाका लागि आफ्नो ज्यान फाल्न तयार हुन्छन् आमाहरू। उनै सन्तानका लागि हाँसेका छन्, उनै सन्तानका लागि सहेका छन्। समय समयमा महिलाहरूले अग्नि परीक्षा दिइरहेका छन्। जति योग्य काम र सहकार्य गरे पनि नारीलाई लाञ्छना लाग्न कहिल्यै छोडेन। विवाह नगरी बस्यो भने यही समाज कठै! जवानी खेर फाली भन्छ। विवाह गर्यो भने उत्ताउली पोइबिना बाँच्न नसक्ने भन्छन्।

महिला साक्षात्कारको कुरा गरिरहँदा उनीहरूले यो अधिकार पाए कि पाएनन्, थाहा पाउन गाह्रो छ। घरबाहिर निस्केर न आवाज उठ्यो, न त आन्दोलन नै भयो।

समाजमा नारी उत्थानका धेरै कुुरा हुन्छन्। अब नारी घरभित्र मात्र नरही घरबाहिर गएर पनि काम गर्नुपर्छ भन्छन्। महिला साक्षात्कारका कुराहरू पनि धेरै आउँछन्। सासूले एक कप चिया बढी पिउन मागिन् भने सासूले यातना दिइन् भन्दै खवर मिडियामा आउँछ। बुहारीले थाकेकी छु, आज एक कप चिया दिनुस्भन्दा सासूले म अपहेलनामा परें भन्दै हल्ला फिँजाउँछिन्।

जसले नियमित आफ्नो उत्तरदायित्व पालना गरेका छन्, ती समाजका उदाहरणीय पात्र हुन्। एक सरकारी कार्यालयकी दिदीका श्रीमान्को मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो। उनका श्रीमान् बित्दा उनीसँग चार वर्षकी सानी छोरी थिइन्। आज उनै छोरीसँग उनको जीवन बितिरहेको छ। उनी खुसी छिन्। 

प्रकाशित: २ असार २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App