१६ चैत्र २०८० शुक्रबार
कला

झारखण्ड फेस्टिवलमा ‘बोनोदल’

काठमाडौँ- झापाको कल्टु गाउँमा रहेको सन्थाल जातिको विषयमा निर्माण भएको पहिलो फिल्म 'बोनोदल' भारतको झारखण्डको 'फिल्म फेस्टिवल'मा उत्कृष्ट १० फिल्ममा छनौट भएको छ।

५ सय ६० फिल्महरु सहभागी भएको फेस्टिभलमा किरण खतिवडा निर्देशित फिल्म 'बोनोदल' छानिएपछि उनले फिल्म निर्माणमा अझै थप जोस र जाँगर थपिएको बताए।

क्षेत्रीय फिल्म र म्युजिक भिडियो निर्माणको अनुभव संगालिसकेका खतिवडाले भारततिर पलायन हुँदै गएका सन्थाल समुदायको संरक्षणका लागि फिल्म बनाएको बताए। 'सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनको अध्ययनपछि मात्रै फिल्म बनाएको हुँ' खतिवडाले भने। फिल्मले सन्थाल समुदायमा विद्यमान 'माझिहडम' प्रथालाई प्राथमिकता दिएको छ।

सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको फिल्मलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका छन्। उनीहरुबाहेक फिल्ममा सन्थाल समुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन र मिना टुडु लगायतको समेत अभिनय रहेको छ।  

प्रकाशित: १५ चैत्र २०७३ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App