coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ नाराका साथ कलेज परिसरमा आयोजित उक्त मेलामा विभिन्न १२ वटा विषयवस्तुमा गहन छलफल सत्र चलेको थियो।

मेलाको पहिलो दिन नेपाली भाषा साहित्यको महत्त्व र वर्तमान अवस्था’ माथि प्राज्ञ अमर न्यौपाने, प्रा डा सुधा त्रिपाठी र प्रा गीता पाठक, ‘नेपालको अर्थतन्त्र कसरी सुध्रिएला रु’ मा अर्थविद् केशव आचार्य, अर्थविद् डा रघुवीर विष्ट र सहायक प्रा राजीव विष्ट र ‘आधुनिक युगमा नेपाली इतिहासको महत्त्व’ शीर्षकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती र दिनेशराज पन्तले विद्वतविचार राखेका थिए।

त्यस्तै, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र अपनाउनुपर्ने परराष्ट्र नीतिका विषयमा पूर्वराजदूतत्रय मोहनकृष्ण श्रेष्ठ, डा निरञ्जन बस्न्यात र पिवी शाह, ‘नेपाली सभ्यता’ को बहसमा  प्रा डा माधव पोखरेल, प्राज्ञ राजन मुकारुङ र कैलाश राई र ‘परिवर्तन गर्नुपर्ने संस्कार कि सरकार रु’ शीर्षकको सत्रमा प्रा डा  युवराज सङ्ग्रौला, डा खगेन्द्र प्रसाईं र डा इन्द्र अधिकारीले आ–आफ्नो विचार राखेका थिए।

मेलाको दोस्रो दिन ‘न्यायपालिका कुन बाटोमा रु’ शीर्षकको सत्रमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल र पूर्वन्यायाधीश गौरी ढकाल, ‘नेपाली संस्कृतिको महत्त्व र पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव’ शीर्षकको सत्रमा संस्कृतिविद् डा जगमान गुरुङ र अमर गिरी ९विद्यावारिधि०, ‘फेकन्यूज र नेपालको पत्रकारिता’ सत्रमा वरिष्ठ पत्रकार युवराज घिमिरे, पत्रकार माधव बस्नेत र जगदीश खरेलले गहन प्रस्तुति राखेका थिए।

त्यस्तै, ‘लोकतन्त्र स्थापित गर्न गीत सङ्गीतले खेलेको भूमिका’ मा वरिष्ठ सङ्गीतकार विश्वनाथ बराल, साहित्यकार धीरेन्द्र प्रेमर्षी र वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटा र ‘नेपालले अपनाउनुपर्ने सुरक्षा नीति’ माथि पूर्वसचिव डा गोविन्द कुसुम, उपरथी ९अ।प्रा० अनन्त कार्की र प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सम्बोधन गरेका थिए । कविता सत्रमा केशव सिलवाल र महेश पौडेलले कविता वाचन गरेका थिए।

समारोहमा विद्यार्थीले हिमाली लोकगीत, साकेला, कौडा, मगौता, मारुनी, मिथि, छलिया, धिमे, देउडालगायतका सांस्कृतिक नृत्य, शास्त्रीय सङ्गीत, विद्यार्थी राजनीतिका विषयमा नाटकलगायतका प्रस्तुति दिएका थिए।मेलामा बिक्रीका लागि पुस्तक, ढाका टोपीलगायत स्थानीय खानेकुराका विभिन्न रैथाने परिकारका ‘स्टल’ राखिएको थियो।

 कार्यक्रममा पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझी, महान्यायाधिवक्ता डा  पोखरेल, पूर्वन्यायाधीश गौरी ढकाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, बागमती प्रदेशसभा सदस्य किरण थापालगायतले मन्तव्य राखेका थिए।क्याम्पसका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले भाषा, साहित्य तथा संस्कृति मेला अपेक्षा गरिएभन्दा भव्य एवं सानदार भएको र यसलाई अभियानकै स्वरूपमा अघि बढाइने धारणा व्यक्त गरे।कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसचिव डा गोविन्द कुसुमले गरेका थिए । मेलाको सहआयोजक भक्तपुरको सूर्यविनायक नगरपालिका रहेको थियो।

 

प्रकाशित: १६ जेष्ठ २०८० १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App