१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

समालोचक र समीक्षकहरू सम्मानित हुँदै

साहित्यिक पत्रकार संघ स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुईदुई समालोचक र समीक्षकलाई सम्मानित गरिने भएकाे छ।

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान-२०७९’ बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने छ। सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान-२०७९’ बाट समीक्षकहरू ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गरिने छ।

साहित्यिक पत्रकार संघ स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुईदुई समालोचक र समीक्षकलाई सम्मानित गरिने भएकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेको हो। दुवै सम्मानका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो।

पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा  सम्भवत यो पहिलो निर्णय हो। स्मरण रहोस्, सापसले आफ्नो स्वर्ण महोत्सवको अवसरमा केही महिनाअघि पहिलोपटक पुस्तक सम्पादकहरूलाई पनि सम्मानित र पुरस्कृत गरेको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App