१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हास्य टिभीश्रृंखला ‘सक्किगोनि’ को तेस्रो सिजन आजदेखि प्रशारण हुने

हास्य टिभी श्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण (आज) बिहीबारदेखि हुने भएको छ। 

एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) मा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भए अनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भएलगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्। सिजन ३ को रुपमा पर्दापण हुन लागेको सक्किगोनि झण्डै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेको हो।

सिजन -२ पछि केही समयको विश्राम लिइ नयाँ जोश जाँगर र कथा शैलीका साथ आउन लागेको हो।दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालको हुने बताइएको छ। 

प्रकाशित: ११ जेष्ठ २०८० १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App