२४ असार २०८१ सोमबार
image/svg+xml
कला

‘चित्तौन कचेहेरी’ को पहिलो दिन ८ प्रस्तुति

चितवनको नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ मा नौ वटा प्रस्तुति भएका छन्।

फरक विचारको उत्सवको रूपमा आयोजना गरिएको कचेहेरीमा पहिलो दिन उत्पीडित र किनारीकृत समुदायको हक अधिकार र आत्मसम्मानको संघर्ष लगायत विषयमा गहन विचार विमर्श गरिएको छ।

नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार: कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता: कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा: यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय: अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको छ।

पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्श गरे। २३ कविले कविता वाचनसमेत गरे। बहस र वक्ताहरुको विचारले चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गरेको महोत्सवकी निर्देशक सरिता तिवारीले बताइन्।

‘मान्छेका जीवन–मरणका विषयहरू उठान गरिएको छ, थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास हो, त्यसमा हामी सफल भएको भन्ने लाग्छ,’ तिवारीले भनिन्।

महोत्सवको दोस्रो दिन शनिवार १० वटा सत्र रहनेछन्। ‘विकास’ मा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था: समाज अघि बढ्दै छ कि पछि ?, कसरी लेखिँदै छ चितवनमा आख्यान, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवन: हिजो, आज र भोलि नामक सत्रमा बहस हुनाका साथै नाटक ’स्वप्नबयान’ को मञ्चन हुनेछ।

महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन्।

सभ्य समाज निर्माणको लागि महोत्सव आयोजना गरिएको कचेहेरीका सह निर्देशक डा. जीवन क्षेत्रीले प्रकाश पारे। महोत्सवको आयोजना ६ वटा संस्थाहरूले गरेका हुन्। जसमा नारायणी कला मन्दिर, मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन र युथ पोलिटिकल फोरम छन्।

प्रकाशित: २९ वैशाख २०८० १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App