२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

पूर्व गोर्खा सैनिक हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज शनिबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ।

प्रा.डा. गोविन्दराज भट्टराई, कवि विमला तुम्खेवा चलचित्र निर्देशक प्रकाश सायमी र समिक्षक राजकुमार बानियाँले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास लाहुरेको रेलिमाई सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रा. डा. गोविन्दराज भट्टराइले पहिलो विश्वयुद्धमा आधारित उपन्यास नेपाली युद्ध साहित्यको 'मास्टर पिस' भएको बताए। उनले लाहुरेको रेलिमाई ऐतिहासिक उपन्यास भएको बताउँदै उपन्यासले सयबर्षपछि नेपाली समाज बल्ल जागृत भएको भान गराएको पनि उल्लेख गरे।

पूर्व गोर्खा सैनिककी छोरी कवि विमला तुम्खेवाले लेखकले लाहुरेको मनोदशा जीवन्त उतारेको उनको भनाइ थियो। उनले आफ्नो बुबालाई संस्मरण गर्दै कवि तुम्खेवाले उपन्यासले बम र बारुदबीच पनि जीवन खोज्ने लाहुरेको प्रकृतिलाई लेखकले न्याय गरेको उल्लेख गरे।

चलचित्र निर्देशक प्रकाश सायमीले मास्टर मित्रसेनको संगितको चर्चा गर्दै पुस्तकले मास्टर मित्रसेनको इतिहासलाई नेपाली पाठकमाझ पुर्याएर लेखकले गुन लगाएको बताए। भारत र नेपालमा राज्य र जनता दुबैले सम्मानित गरेका कलाकार मास्टर मित्रसेन भएको बताउँदै सायमीले उनको जीवनीमा आधारित उपन्यास उनको सांगितक बिरासतलाई सुरक्षित गर्ने दस्तावेजका रुपमा आएको उनको भनाइ थियो।

दस्ताबजेका रुपमा छापे पनि हुने कुरालाई आख्यानमा उतार्न लेखक विजय हितानले ७ बर्ष खोज अध्ययन र एकदशकभन्दा बढि मास्टर मित्रसेनको जीवनीमा रुचि लिएको जिकिर गरे। पहिलो विश्वयुद्धबारे नेपाली साहित्यमा कमै लेखिएकाले र आफू पूर्व लाहुरे हुनुको नाताले पनि मास्टर मित्रसेनको जीवनी लेख्ने प्रेरणा मिलेको उनको भनाइ थियो।

सांग्रिला बुक्सले प्रकाशित गरेको कृतिलाहुरेको रेलिमाईले पहिलो विश्वयुद्धमा गोर्खा सैनिकको सिपाही बनेर लडेका मित्रसेन थापा सिँजाली मगरको मास्टर मित्रसेनसम्मको यात्रालाई लिपिवद्ध गरेको छ।

प्रकाशित: २४ वैशाख २०८० १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App