२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

यस्तो छ नेपाली चलचित्रको व्यापार

चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ। यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ। चलचित्र विकास बोर्डमा बक्स अफिसको विवरण अनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो संख्या घट्नाका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले २५ लाख रुपैयाँ र ‘प्रसाद २’ ले ७० लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ।

उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन्।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाख रुपैयाँको हाराहारीका व्यापार गरेको छ।

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। ‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अंक अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने।  

प्रकाशित: २३ वैशाख २०८० ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App