२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बिदा

लघुकथा

इन्द्रप्रसादको चिया पसलमा बिहान ढिलोसम्म मान्छेहरू चिया खाँदै गफ गर्दै थिए आज। तल्लो पाटन सुनसान थियो। अरू दिनमा जस्तै पारि पाखाबाट आकाशे रङको कमिज लगाएर हातमा पुस्तक समाउँदै उपल्लो बस्तीबाट झर्ने विद्यार्थीको ताँती पनि छैन।

हरि सरले चियाको गिलास टेबलमा राख्दै सोध्नुभयो, ‘कता हो हर्कबहादुर काका?’

हातमा कोदालो लिएर बेंसी झर्दै गरेका हर्कबहादुरले भन्नुभयो, ‘आज तल बेंसीको मकै उकेरा लगाउनु (दोहोरो गोड्नु) छ। त्यसैले तल झर्न लागेको।’

हरि सरले भन्नुभयो, ‘आउनुस् बसौं आज। मइ दिवसमा पनि के काम गर्नुहुन्छ!’

‘के गर्ने हाम्रो स्कुल,अफिसको जागिर परेन। हामी किसानलाई क्यालेन्डरको रातो रङले काम दिंदैन। मकै हर्लक्क बढेर हावाले ढल्न लागे’ भन्दै हर्कबहादुर आफ्नो बाटो लाग्नुभयो।

हरि सर तल्लो पाटनको आफ्नो विद्यालय र तल झर्दै गरेका हर्कबहादुरलाई एकटकले हेरिरहनुभयो।  

प्रकाशित: २३ वैशाख २०८० ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App