४ असार २०८१ मंगलबार
image/svg+xml
कला

सांगीतिक यात्रामा मंगोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।

विशेष गरेर ‘पप’ विधाको गीत-संगीतको मधुर ध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्। गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको संगीत बजारको उतारचढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगोलियन हार्ट पाँच वर्ष अघिदेखि पुनः सक्रिय छ। उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किएका छन्।

सांगीतिक भाषामा ‘ब्याण्ड’ भनिने मंगोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ। स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा यात्राको आयोजना गरिएको गायक लामाले बताए।

‘हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौं र उत्साहित पनि छौं। केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौं’, उनले भने। लोक, स्लोरक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन रहेका छन्।

यही चैत २७ मा अस्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बवि लामाले बताए। यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ।

प्रकाशित: २६ चैत्र २०७९ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App