५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले

मुक्तक

 १.मुक्तक

उसले आफ्नै मनको कपट देखाउँछ।

अनि हाम्रो मनमा सतर्कता जगाउँछ।

कोहीकोहीले आँखामा हालेको छारोले,

दृष्टिकोण अझै छर्लंग भएर आउँछ।

 २.मुक्तक

ठेस लाग्नु नै थियो अन्धकारमा कुदेपछि।

थाहा नहुँदो रहेछ विश्वासमा डुबेपछि।

लाग्न त माहुरीकै पछि लागेझैं लागेथ्यो,

झिँगा रैछ थाहा भयो रक्षानमा पुगेपछि।

 ३.मुक्तक

आफ्नो फोस्रो घमन्डलाई सान सम्झिन्छ।

झुटो तारिफलाई जयगान सम्झिन्छ।

घमन्डीले आफ्नो घमन्ड देख्दैन कहिल्यै,

अरूले देखाइदिंदा अपमान  सम्झिन्छ।

४.मुक्तक

परिस्थिति विपरीत भैदियो के गर्नु त?

समस्या पहाड भई उभियो के गर्नु त?

शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले,

सामर्थ्य सुनामी ल्याउने थियो के गर्नु त?

 ५.मुक्तक

गोरु बेचेको साइनो लगाएर नि धाउँछन्।

आफन्त हो भन्दै अरूलाई नि सुनाउँछन्।

आज जसले लाज मानेका छन् आफन्त भन्न,

पैसा कमाउनुस् नातै नभएका नि आउँछन्।

प्रकाशित: २४ चैत्र २०७९ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App