coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वरिष्ठ आख्यानकार हरिप्रसाद भण्डारीलाई जानकी साहित्य पुरस्कार

क्याप्शन

किरण पुस्तकालय तम्घास गुल्मीले जानकी साहित्य पुरस्कार-२०८० वरिष्ठ आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ। किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले यस पुस्तकालयबाट बर्सेनि प्रदान गरिंदै आएको जानकी साहित्य पुरस्कार आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हाे।

वरिष्ठ आख्यानकार भण्डारीलाई सो पुरस्कार आउँदो मोती जयन्तीमा प्रदान गरिने भएकाे छ।

उक्त पुरस्कार साहित्यमा रुचि राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा उनको परिवार र पुस्तकालयको सम्झौता अनुसार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने तथा गुल्मीलाई केन्द्रमा राखी साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई प्रदान गरिंदै आएको छ।

२०७३ सालमा स्थापना भएको सो पुरस्कार यसअघि स्रष्टाहरू सूर्यबहादुर सेन वली, भागीरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम र रुद्र ज्ञवालीलाई प्रदान गरिएको थियो।

भण्डारीका चिराग (लघुकथासंग्रह,२०४७), अस्वीकृत कथाहरू (कथासंग्रह,२०५८) अविरल यात्रा (लघुकथासंग्रह,२०६३), चरीका रमाइला कथा (बालकथासंग्रह,२०६७), काला सर्पको खोजी (लघुकथासंग्रह,२०६७), कुनमिनको सेरोफेरो (नियात्रा, २०६९),मनको आँखा (बालकथासंग्रह,२०६९), गोनू झा र चोरहरू (बालचित्रकथा,२०७०), धनञ्जय गोत्रीय भण्डारीहरूको वंशावली,२०७०), सुनको झ्याल (बालउपन्यास,२०७४) जस्ता कृति प्रकाशित छन्।

प्रकाशित: १८ चैत्र २०७९ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App