२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘जनमत’ इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांक लोकार्पण

चालीस वर्षदेखि मोहन दुवालको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘जनमत’ को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांकको एक समारोह बिच लोकार्पण भएको छ।

आख्यानकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्य र मोहन दुवालको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित्, कार्यक्रमका सभापति र प्रमुख अतिथिले संयुक्त रूपमा उक्त विशेषांकको लोकार्पण गरेका थिए।

कार्यक्रममा साहित्यकार सरितको व्यक्तित्व र कृतित्वबारे उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, डा. शैलजा पोखरेल, डा. कौशिला रिसाल, डा. पुष्करराज भट्ट, राजन नेउपाने श्रीयम र ममता मृदुलले प्रस्तुत गरेका थिए।

स्रष्टा सरितले आफ्नो साहित्यिक यात्राको सुरुवातदेखि आफू आमाको भक्त भएकैले आफ्ना अधिकांश रचनामा महिलाहरूलाई उच्च सम्मानका साथ प्रस्तुत गरेको कुरा बताएका थिए।

उक्त कार्यक्रममा ‘जनमत’को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांकका लेखकहरू भागीरथी श्रेष्ठ, डा . कौशिला रिसाल, डा . शैलजा पोखरेल, डा. पुष्करराज भट्ट, डा. अपर्णा पोखरेल, रञ्जुश्री पराजुली, गायत्री श्रेष्ठ, लक्ष्मी उप्रेती, बाबुराम नेउपाने उत्स, चेतनाथ धमला, विनोद दाहाल वत्स, विनोद नेपाल, गोपीकृष्ण प्रसाई, तेजविलाश अधिकारी र सुधा मैनालीलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष मोहन दुवालले आफ्नो मन्तव्य राखेका थिए भने कौशिकीका सम्पादक चेतनाथ धमलाले कार्यक्रमको चलाएका थिए।

कार्यक्रममा सुशीला प्रधानाङ्ग, श्रीराम राई, बोधराज पौडेल, कमला श्रेष्ठ, डा.हेमनाथ घिमिरे, प्राप्ति श्रेष्ठ, राजु सरकार, पवन प्रसाई, विनोदकुमार श्रेष्ठ, प्रसन्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १८ चैत्र २०७९ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App