तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ,
सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ।
- - - -
बाँचे पनि सँगैसँगै मरे आखिर सँगै भन्यौ,
आफ्नै छायाँसँग पनि आज किन टाढा बन्यौ।
तिमीले घात गर्यौ भने मेरो के हालत हुन्छ,
सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ।
- - - -
एकछिन तिमी टाढा हुदाँ मनले तिमीलाई खोजिरहन्छ,
रोकिंदैन आँसु मेरो आँखा त्यसै रोइदिन्छ।
तिमीले बिर्सी गयौ भने मेरो के हालत हुन्छ,
सत्य कसम धरोधर्म म त मरे पनि हुन्छ।
प्रकाशित: ६ चैत्र २०७९ ०५:५६ सोमबार