७ वैशाख २०८१ शुक्रबार
कला

डा. सीता सुवेदी पन्थीका सात कृति लोकार्पण

बालसिर्जना मञ्च नेपाल भक्तपुरको आयोजनामा संस्थाकी अध्यक्ष डा. सीता सुवेदी पन्थीका सात कृति एकैसाथ लोकार्पण भएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् पूर्व सदस्य प्राडा हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सात कृति छन्दमालिका (कवितासंग्रह),मातापिता (खण्डकाव्य), मेरो नेपाल, मयूर साथी, कति राम्रो जुनकिरी (सचित्र बालकवितासंग्रह) स्याबास बाबु (बालकाव्य) र ढुकुर कुरकुर (बाल चित्रकविता) काे पद्मोदय मावि काठमाडौंमा लोकार्पण भएको हाे।

कृतिकारकी आमा केशरी सुवेदी, प्राडा धुव घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, सहप्राध्यापक डा. लेखप्रसाद निरौला, डा. रमेश शुभेच्छु, प्रमोद प्रधान, हरि खनाल, गोपीकृष्ण ढुंगाना लगायतले कृतिकाे लोकार्पण गरेका थिए।

त्यसै गरी कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, कवि, समालोचक, बालसाहित्यकार, स्रष्टासम्बद्ध संस्थाका प्रतिनिधि र विभिन्न पत्रिकाका सम्पादक गरी १३५ जनाको उपस्थिति रहेको थियो।

स्रष्टाका बालसाहित्यिक कृतिहरूको समीक्षा साहित्यकारहरू प्राडा धुवकुमार घिमिरे, हरि खनाल, र गोपीकृष्ण ढुंगानाले गरेका थिए।

समीक्षकहरूले बालमनोविज्ञान, उमेर र स्तरलाई ख्याल गरी कृति लेखिएको बताए। कृतिमा मनोरञ्जनका साथ कला, संस्कृति, प्रकृति, विद्यालय र बालपरिवेशका विषयवस्तुका माध्यमबाट बालबालिकालाई सिर्जनशील र श्रमशील बन्न उत्प्रेरित गरेको बताए।

छन्दमालिका कवितासंग्रहको समीक्षा डा. रमेश शुभेच्छु र मातापिता खण्डकाव्यको समीक्षा डा. लेखप्रसाद निरौलाले गरेका थिए।

स्रष्टा डा. सीता सुवेदीले आफ्ना कृतिहरूको रचना सन्दर्भ प्रस्तुत गर्नुका साथै प्रमुख अतिथि लगायत अतिथिहरूलाई मायाको चिनोस्वरूप क्रस खुकुरी र नेपालको झण्डा अंकित भादगाउँले कालो टोपी लगाइदिएका थिए।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार छायादत्त न्यौपानेकाे सभाध्यक्ष एवं संस्थाका सदस्य जितेन्द्र रसिककाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रकाशित: ५ चैत्र २०७९ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App