७ वैशाख २०८१ शुक्रबार
कला

हाम्रो लघुकथा पाठशालाको स्मारिका विमोचन

हाम्रो लघुकथा पाठशाला चौथो वर्ष पुगेको उपलक्ष्यमा हाम्रो लघुकथा पाठशाला स्मारिका २०७६-२०७९ विमोचन गरिएको छ।

साहित्यकार मोहनबहादुर कायस्थको प्रमुख आतिथ्यमा स्रष्टा समाज नेपालका अध्यक्ष तथा लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथाकारहरू- ध्रुव मधिकर्मी, किशोर पहाडी, प्राडा कपिल लामिछाने, हरिप्रसाद भण्डारी, गंगा कर्माचार्य पौडेल, कल्याण पन्त, डा. पुष्पा केसी भण्डारी, असफल गौतम, त्रिलोचन ढकाल, डा. रवीन्द्र समीर, डा. कुसुमाकार शर्मा गौतम, मनोहर पोखरेल, राजन सिलवाल, शेखर अर्याल, लक्ष्मण अर्याल, दीपक समीप, अमित घिमिरे, रमेश  सुवेदी, किरण आचार्य, राधा दुलाल कार्की, कुमुद शर्मा प्याकुरेल, रमेन्द्र कोइराला, हाम्रो लघुकथा पाठशालाका लता केसी, दुर्गा वनबासी, राजु क्षत्री अपुरो, शुभ शर्मा, सत्या अधिकारी, वन्दना घिमिरे, छविलाल खड्का लगायतले जुमबाट विमोचन गरिएको थियो।

लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदनले लघुकथा क्षेत्रमा हाम्रो लघुकथा पाठशालाले उदाहरणीय कार्य गरेको बताए।

त्यसैगरी कार्यक्रममा पाठशालाका सल्लाहकार एवं लघुकथाकार ध्रुव मधिकर्मीले लघुकथा पाठशालाको स्मारिकाले लघुकथाको इतिहास अभिलेख गर्न सहयोग पुर्‍याएको बताए।

हाम्रो लघुकथा पाठशालाको विमोचित स्मारिका

त्यस्तै असफल गौतमले पाठशालाको प्रगतिको कामना गरेका थिए भने लघुकथाकार किशोर पहाडीले तिसको दशकमा प्रकाशित बान्की लघुकथासंग्रहदेखि लिएर लघुकथा समाज, लघुकथा उन्नयनमा प्रविधिको प्रभावबारे चर्चा गरेका थिए।

कार्यक्रममा खेमराज पोखरेल, प्राडा कपिल लामिछाने र हरिप्रसाद भण्डारीले पाठशालाले लघुकथाको विधागत उन्नयनमा प्रशंसनीय कार्य गरेको बताए।

त्यस्तै चित्रकार अमित घिमिरे, गंगा कर्माचार्य पौडेल, कल्याण पन्त, डा. पुष्पा केसी भण्डारी, पुष्करराज भट्ट र कुसुमाकर शर्माले शुभकामना दिएका थिए।

प्रमुख अतिथि मोहनबहादुर कायस्थले लघुकथाकारलाई सम्बोधन गर्दै सकारात्मक सोचका साथ लेख्नुपर्ने कुरा बताउँदै हरेक लेखन हितोपदेश हुनुपर्ने कुरा व्यक्त गरेका थिए। कायस्थले २०७६ साल चैत्र ३ गते  ‘सिकौं र सिकाऔं’ भन्ने उद्देश्य बोकेर स्थापना भएको लघुकथा पाठशालाले आफ्नो स्मारिकामा लेखेको ‘अग्रजको सम्मान गरौं, नव पुस्ताको स्वागत गरौं’ भन्ने भनाइ खुबै मनपरेको पनि बताए।

उक्त अवसरमा यसका साथै साहित्यकार मधुसूदन घिमिरेको लघुकथासंग्रह ‘छड्के’ पनि विमोचन गरिएको थियो।

  मधुसूदन घिमिरेको विमोचित कृति ‘छड्के’ लघुकथासंग्रह 

कार्यक्रममा शुभ शर्माले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबैलाई स्वागत गरेकी थिइन्।

अम्बिका धितालको मनपरी, मिसु श्रेष्ठ थपलियाको परिवर्तन, इन्दिरा देवकोटाको पिर,सीता विष्ट कार्कीको प्रेमको अदालत, अनुग्रह राना मगरको हैसियत, अंकुर चन्दको लगनशीलता र मन्दिरा चापागाईको पुस्तान्तर लघुकथाहरू वाचन गरिएका थिए।

उक्त लघुकथाहरूमाथि वन्दना घिमिरे, अवतार ढकाल (निर्मला बराल), सत्या अधिकारी, दुर्गा वनबासी सिवाकोटी (गंगा दाहाल न्यौपाने), रमेन्द्र कोइराला, दुर्गा वनबासी सिवाकोटी (गंगा दाहाल न्यौपाने), (अनु विज्ञाति) इन्दिरा देवकोटा र कुमुदप्रसाद शर्माले विश्लेषण गरेका थिए।

चौथो वर्षलाई स्वागत गर्दै तेस्रो वर्षको उपलक्ष्यमा मुहार पुस्तिकाको भित्तामा लघुकथा सम्प्रेषण, प्रतिक्रिया र शुभकामना प्रेषित भएका थिए।

तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रम पाठशालाका व्यवस्थापक डा. शेखरकुमार श्रेष्ठको सभाध्यक्षता तथा संस्थापक लता केसीको व्यवस्थापनमा सम्पन्न भएको थियो। पौडेल विमुन्सले चलाएको कार्यक्रम हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले प्रत्यक्ष प्रसारण गरेको थियो। कार्यक्रममा पचास जना जति लघुकथाप्रेमीको सहभागिता रहेको थियो। 

प्रकाशित: ४ चैत्र २०७९ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App