२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु

 १.मुक्तक

धपक्क बलेकी छ्यौ तिम्रो नजिक परूँ कसरी,

मनै लोभ्याउने सुन्दरी तिम्रो मन म हरूँ कसरी?

तिमी यति कोमल छ्यौ फूलभन्दा पनि कोमल,

अब तिम्रा अगाडि म फूलको बयान गरू कसरी?

२ मुक्तक

अलिकति केही त गर यसै त परिवार चल्दैन सानु,

मौसम नबदलिए जीवन चल्दैन संसार चल्दैन सानु।

तिम्रा केही अप्ठेरा बानी बदल्नु भन्ने आग्रह मात्र हो,

मौसम जस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु।

 ३.मुक्तक

यो मनलाई हरेक जिज्ञासाको जवाफ चाहिन्छ,

सन्तान आफ्नै हुन् किन नसोध्ने भन्ने अर्थ लाइन्छ।

जमाना यस्तो हो कि यिनको उमेर यस्तै हो भन्ने!

सोध्नै हुन्न सोधेपछि मुखभरिको जवाफ पाइन्छ।

 ४.मुक्तक

अलिकति दाम अनि अलिकति नाम कमाउनु छ,

स्वार्थीहरूको दुनियाँमा धाकरवाफ जमाउनु छ।

लौ न मलाई भरपर्दो सल्लाह सुझाव दिनुस् न,

दाम खाएर काम गर्ने इमानदार नेता समाउनु छ।

५.मुक्तक

सिंहदरबार अब गाउँगाउँमा लाने भन्थे गाउँगाउँमा गयो,

लुट्ने पालो प्रदेश र स्थानीयका मुखियाहरूको रह्यो।

पहिला श्री ५ सरकार थियो अहिले श्री ३ सरकार भा’छ,

श्रीपेच नलाका राजाहरूलाई गणतन्त्र फलिफाप भयो।

प्रकाशित: २ चैत्र २०७९ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App