१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

लोकप्रिया पुरस्कारको घोषणा

साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको ‘लोकप्रिया पुरस्कार’ घोषणा गरेको छ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर  संघले गरेको निर्णय अनुसार प्राडा उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रञ्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा शीला २०६७, गोमा शर्मा २०६८ गुहावटी, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७० (२००७), जलेश्वरी श्रेष्ठ २०७१, पुनम काफ्ले २०७२ अमेरिका, गंगा कसजु २०७३, डा. ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री २०७६ दार्जिलिङ, वीणा हांखिम २०७७ दार्जीलिङ, डा. पुष्पा शर्मा २०७८ सिक्किम र लतिका जोशी २०७९ सिलगढी रहेका छन्।

सो निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो। सो पुरस्कारका लागि साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ (संयोजक), सदस्यहरू पद्यावती सिंह र पारस नेपाल रहेको सिफारिस समितिले सिफारिस गरेको थियो।

विसं २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा साहित्यकार शशी रिमालले गरेकी हुन्। नगद तीन हजार एक सय रुपैयाँ राशि रहेको लोकप्रिया पुरस्कारबाट यसअघि साहित्यकारहरू लक्ष्मीराजदेवी राजभण्डारी र प्राडा गार्गी शर्मालाई प्रदान गरिने संघले घोषणा गरिसकेको छ।

यसअघि यस पुरस्कारबाट साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जिलिङ), मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७९ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App