२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कलाकारको बिचमा कलाकार सम्वादमा वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ

अरुपण आर्ट ग्यालरी नेपालले वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठसित सम्वाद कार्यक्रमको आयोजना गर्‍यो। नोवेल एकेडेमीका विद्यार्थीहरू बिच गरिएको सो कार्यक्रममा सर्जक श्रेष्ठलाई विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए।

ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र विशेष अतिथिमा वरिष्ठ कवि प्रधुम्न श्रेष्ठ सिक्किम रहेका थिए।

उक्त अवसरमा प्रमुख अतिथि लेकालीले सर्जक श्रेष्ठ बहुमुखी प्रतिभा भएको भन्दै उनको योगदानको चर्चा गरेका थिए।

ग्यालरीका अध्यक्ष वरिष्ठ कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उद्देश्य र महत्वबारे बोलेका थिए। कार्यक्रमका सर्जक श्रेष्ठसित विपिनराज श्रेष्ठले सम्वाद गरेका थिए।  

प्रकाशित: २४ फाल्गुन २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App