१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

को हुन् प्रेक्षासँग डेटिङ गर्ने यी युवा ? (भिडियो)

काठमाडाैं– प्रतिभाशाली कलाकार प्रेक्षा बज्राचार्य ‘परी’ले गायिका, र्यापर, ब्लगर भएर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन्। उनी थांका पनि कोर्छिन्, र मोडलिङ पनि गर्छिन्। चलचित्र ‘जात्रा’मार्फत उनी नायिकाको रुपमा आफ्नो प्रतिभा प्रस्तुत गर्दैछिन्। उमेरले भर्खर २२ पुगेकी यी बहुप्रतिभाशाली सुन्दरीसँग धनगढीका युवा सागर जोशीले डेटिङ गर्ने अवसर पाएका छन्।

आउँदो शुक्रबार अर्थात् कात्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ ले गरेको ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागि भएर सागरले प्रेक्षासँग डेटिङ गर्ने अवसर पाएका हुन्।

नयाँ प्रचार शैली अपनाउँदै ‘जात्रा’ले कलाकारसँग दर्शकलाई डेटिङको अफर ल्याएको हो। सोही अफरअन्र्तगत अघिल्लो साता नायिका वर्षा राउतले दर्शक(एक युवा)सँग डेट गरेकी थिइन् । अर्को हप्ता जात्रा फिल्मको अफिसियल पेजमा गएर ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागि हुने एक, एक जनाले विपीन कार्की (भष्मे डन) र रविन्द्र सिंह बानियाँ (हनुमानजी) सँग डेट गर्न पाउने छन्।

प्रेक्षासँग डेट गर्ने अवसर पाएका सागर सञ्चारकर्मी हुन्। नायिकासँग डेटिङको अनपेक्षित अवसर पाएकोमा मख्ख पर्दै उनले भने, ‘परी साँच्चीकै परी रहिछन्, डेटिङ रमाइलो भयो, परीबारे धेरै कुरा जान्ने मौका मिल्यो।’ जात्राले जुराइदिएको सागरसँग आगामी दिनमा भेटघाट गर्ने प्रेक्षाले बताएकी छन्। एकअर्कालाई बुझ्ने मौका मिल्यो, नयाँ मान्छेसँगको भेटघाटमा मन खुसी भएको उनको प्रतिक्रिया छ।

भिडियाे

प्रकाशित: २२ कार्तिक २०७३ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App