१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

पुतली

लघुकथा

अनुग्रह राना मगर ‘पुष्प’

हातको औंलाले देखाउँदै शिलाले भनिन्,‘ओई रमा यहाँ हेर त, कति राम्रो पुतली!’

-हो र,खोई कहाँ छ? उत्सुक हुँदै नजिक आइन् रमा।

-देखेनौ यो के त? मजाले हेर न। यहीं छ त।

पुतली हरियो रङको पातसँग मिलेर टाँसिएको थियो।

‘एए देखें, साँच्चै कति राम्रो है’ रमाले भनिन् र हातले  समाउन खोज्दै थिइन्,उडेर आकाशतिर गए।

-शिला, पुतली त उडेर गयो। हेर्ने रहर पूरा भएकै थिएन। कस्तो होला है छुन पनि नमिल्ने।

शिलाले भनिन्, ‘उसलाई के थाहा, सबै मानिस उस्तै हुन्छ भनेर।’

-धेरैजसो मानिसले आफ्नो रहर पूरा गरिसकेपछि उड्नै नसक्ने गरी फालिदिन्छन्। त्यसैले होला तर्सेर भागेको।

-हो है हामी साँच्चै नै कति निष्ठुरी छौं है। आफ्नो मात्र सोच्छौ। काम पूरा भएपछि निमोठेर फाल्छौं। विचरा उसको पनि त बाँच्ने अधिकार छ!

- शिला,तिमीलाई थाहा छ, यो केबाट बन्छ!

‘ल विज्ञानमा पढेको बिर्सियौ। ल सुन म भन्छु। यो एउटा झुसिल्किरा हो। जुनचाहिं एउटा प्यूपा बन्छ र एउटा सोलीभित्र पन्ध्र दिन जति बस्छ अनि त्यहींभित्रबाट सुन्दर पुतली निस्कन्छ। हो यस्तो मनै शान्त बनाउने चिजलाई हामीले किरा भनेर हेला गर्दा रहिछौं।’

हो नि अबदेखि यसो गरौं भन्दै दुवैले २–४ वटा झुसिल्किरा बटुले र एउटा सिसीमा राखे। दाना दिए। हुर्किदै गए। बिरुवामा सारे। केही दिनमा प्यूपा बने। फेरि रंगीचंगी मनै लोभ्याउने खालको पुतली निस्के।

दुवै ‘आहा’ भन्दै रमाए।

प्रकाशित: २० फाल्गुन २०७९ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App