२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नहेप्नु धेरै केही भन्दैन भनेर

मुक्तक

 १.मुक्तक

मर्न हिंडेको कायरलाई बाँच्ने आँट आउन सक्छ,

सत्यवादीको सभामा नि कुनै ढाँट आउन सक्छ।

आत्तिने मात्तिने गर्नु उचित हुँदैन जीवनयात्रामा,

मरूभूमिको बीचमा नि सुन्दर फाँट आउन सक्छ।

 २.मुक्तक

नमस्कार गरेँ हजुर फर्काउनु भएन,

अलिकति मुन्टो पनि मर्काउनु भएन।

गल्ती के थियो र महाशय मेरो?

दुईचार शब्द खर्ची थर्काउनु भएन।

 ३.मुक्तक

नभए निराश बन्दैन भनेर,

नहेप्नु धेरै केही भन्दैन भनेर।

झन् बुझेको हुन सक्छ उस्ले,

नगर्नु विश्वास जान्दैन भनेर।

 ४.मुक्तक

एक्कासि भेट भो, दर्शन मनपर्‍यो,

आँखा आँखाको, घर्षण मनपर्‍यो।

जति हेर्दा पनि धित मर्दै मरेन,  

ओरिजिनल तिम्रो, भर्सन मनपर्‍यो।

  ५.मुक्तक

सार्दैमा साँधहरू सिमा सर्दैन,

झारेर आकाश कहिले झर्दैन।

चक्र हो जीवन घुमिरहन्छ,

मारेर न्याय कहिल्यै मर्दैन।

प्रकाशित: १८ फाल्गुन २०७९ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App