१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

देवकोटाको सम्झनामा कविता

काठमाडौं–

म पूरा तिमी आधा
तिमी मेरो आकाशको घडामा तैरिने अस्थिर बादल ...
त्यसैले म पूरा तिमी आधा...

कवि मञ्जु काँचुलीले यो कवितावाचनसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औैं जन्म जयन्तीका अवसरमा आयोजित प्रवचन तथा कवि गोष्ठीको थालनी गरिन् । गोष्ठीमा काँचुलीलगायत तीन दजर्नबढी नारी स्रष्टाले कविता वाचन गरे । कवि सुलोचना मानन्धरले आफ्नो चर्चित कविता रात वाचन गर्दा निकै न्यानो स्वागत पायो ।

रात मेरो पुख्र्यौली सम्पत्ति
ओढुँ कि ओछ्याउँ
रातमै ऐना बनुँ या मेटाउँ
यसलाई यसै राखुँ या छरिदिउँ...

उनले रात शीर्षककै अर्को कविता पनि सुनाइन् । त्यसमा नारीले भोग्नु परेका पीडा प्रायः रातमै जन्मने भाव थिए । पहिले घरकी छोरीबुहारीलाई सम्झाउनु पर्दा बुढापाका भन्थे दिन आफ्नो रात अर्काको । तर कवि भने मान्न तयार थिएनन् । रात नारीको नितान्त आफ्नो हो कसैको पेवा हैन, त्यसैले रात कसरी बिताउने अधिकार पनि नारीकै हुने सन्देश मानन्धरको कविताले दिन्थ्यो ।

मेरै मलामीले बिच्छ्याएको
सोला काँडाको चितामा पनि
आधा मर्दै आधा बाँच्दै बिताइरहेको छु...

सुनिता दुलालको यो कविताले नारी जीवनमा भोग्नुपर्ने मृत्युसमान पीडा बताउँथ्यो ।

कवि बिना थिङले ‘कालो गुराँस’ कविता सुनाइन् । उनको कविताले पहाडमा रिकुटे बनेर आउने लाहुरेरुपी दलालले कसरी कलिला चेलीको व्यापार गर्छन् खुलासा गथ्र्यो । राता गुराँसझैं फुलेका पहाडी फूललाई विदेशी कोठीमा लगेर कालो गुराँस बनाउने च्याङबा अझै पनि रुप फेर्दै सलबलाइरहेको उनको कविताले कहन्थ्यो ।

रन्जना निरौलाले भने नारी सौन्दर्यको राज खोल्दै ‘म त रातो गुराँस’ भन्दै आफ्नो कवितालाई रुमानी बान्की दिएकी थिइन् । लक्ष्मी रुम्बा, लक्ष्मी माली, शोभा दुलाल, यसोदा अधिकारी, निभा खड्का, पञ्चमाया पौडेल, प्रभा भट्टराई, गायत्री विष्ट, उषा हमाललगायत कविले नारी पीडा र नारी शक्तिको महात्म्य आफ्ना कवितामा दर्शाएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गोष्ठीको प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती थिए । उनले महाकविका रचना अझै पनि सान्दर्भिक रहेको चर्चा गरे । उनले महाकविको योगदानको कदर गर्दै साहित्य सर्जकले उनको पदचाप पछ्याउन जोड दिए ।

देवकोटा सिर्जनामा मात्र हैन उदार हृदयका पनि धनी थिए । आफूले लगाएको कोट नै फुकालेर दिने उनै देवकोटाले नेपाली शिक्षा क्षेत्रमा निकै सुधार समेत गरेका थिए । गोष्ठीमा उपस्थित अतिथिले उनले गरेका सुधारसँगै गर्न नसकेका कामबारे पनि उल्लेख गरेका थिए ।

प्रकाशित: १५ कार्तिक २०७३ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App