२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रातो छ हामी सबको खुन एउटै त हो मान्छे

गजल

कञ्चन कविन जिम्बा

रातो छ हामी सबको खुन एउटै त हो मान्छे,

लागु होस् समान कानुन एउटै त हो मान्छे।

बिनाबोट पात हुन्न र ठूलो-सानो जात हुन्न,

दुनियाँले मात्र यति बुझ्नु एउटै त हो मान्छे।

शोषित,पीडित,जनजाति खेल्नु छ यै आँगनीमा,

राम भए नि,भए नि अर्जुन एउटै त हो मान्छे।

ढुंगालाई माटोको भर नेपाल हाम्रो साझा घर।

को हिमाली,पहाडी, मधेसी कुन एउटै त हो मान्छे।

भाषा,धर्म,संस्कार र संस्कृति छ अमूल्य निधि।

हिन्दू,मुस्लिम, इसाई जे हुन् एउटै त हो मान्छे।

प्रकाशित: १७ फाल्गुन २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App