४ असार २०८१ मंगलबार
image/svg+xml
कला

तिमीभित्रको ‘म’

कविता

समयको मागजस्तै लाग्थ्यो

मझधारमा अनायासै

भेटिएका हामी

तर,

तिमीभित्रको ‘म’ले

मभित्रको ‘म’ हैन

उभित्रको ‘तिमी’ खोज्छ।

हाहाहा म उल्लु!

तिमीभित्र ‘ऊ’ हुँदाहुँदै

त्यहीभित्र ‘म’ खोज्छु।

सम्बन्ध पुरानो

तर,

याद ताजा

चाहेर भुल्न नसकिने

भुल्न नचाहने

अनि भुल्नै नसकिने

सायद प्रेम यही हो।

बालापनमा घरकुली

खेल्दाखेल्दै

दिलमा बसेको गाढा छाप

अनि युवा हुँदै

वयस्कसम्म कति गहिरो

तिमीलाई मात्र थाहा छ।

तिमीभित्रको गहिराइ मापन

गर्न नसक्ने मुर्ख ‘म’

फेरि पनि म भित्र ‘तिमी’

अनि तिमीभित्र

‘म’ खोजिरहेछु।

खुसीसहित सुख मिलोस्

‘तिमी’ भित्रको ‘ऊ’

अनि ‘ऊ’ भित्रको

तिमीलाई शुभकामना!

प्रकाशित: १७ फाल्गुन २०७९ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App